तस्बीरः गुगलबाट
नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले सन्यास लिएको घोषणा गरेका हुन्।
पारसले खेल जीवनमा साथ सहयोग र हौसला प्रदान गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन्।

उनले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै लामो समय सफल कप्तानी समेत सम्हालेका थिए। नेपालका लागि राष्ट्रिय र अन्तराष्ट्रिय गरि १७ वर्ष क्रिकेट खेलेका पारस एक सफल अलराउन्डरका रुपमा पनि चिनिन्छन्।
यु–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







