हेमजामा ६ क्वीन्टल गाँजा नष्ट


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



हेमजा । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा बुधबार ६ क्वीन्टल गाँजा नष्ट गरिएको छ ।

वडा न. २५ का वडा सदस्य दलबहादुर कुँवर लगायत समितिका पदाधिकारी, अस्थायी प्रहरी बिट हेमजा र स्थानियबासीको सहभागितामा हेमजाको झिझिर्कामा भएको गाँजा फडानी गरिएको हो । लागु औषध न्युनिकरणको लागि गाँजा फडानी गरिएको वडा सदस्य दलबहादुर कुँवरले बताए । स्वच्छ समाज निर्माणको लागी गाँजा फडानि गरिएको र यसलाइ निरन्तरता दिने उनको भनाइ छ ।

समाजमा बिभिन्न घटना घटेको र आगामी दिनमा घटना घट्न नदिनको लागि लागु औषध न्युनिकरण गर्न आवश्यक भएको वडा सदस्य दलबहादुर कुँवरले जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।