बतासको इष्टर्न एजेन्सिज दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



पोखरा । बतास अर्गनाइजेसनको इष्टर्न एजेन्सिज दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल भएको छ । भारतको प्रसिद्ध मल्टिनेसनल अटोमेटिभ कम्पनी आइसर मोटर्सले नेपालस्थित स्थानीय साझेदार इष्टर्न एजेन्सिजलाई दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा गर्दै पुरस्कृत गरेको हो ।

आइसर मोटर्सले सन् २०२०/२१ को बेष्ट डिलर अवार्ड इष्टर्न एजेन्सिज नेपाललाई प्रदान गरेको हो । इष्टर्न एजेन्सिज बतास अर्गनाइजेसनको भगिनी संस्था हो । यसले नेपालमा आइसर ब्रान्डका कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ ।


बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर मोटर्सद्वारा प्रदान गरिएको बेष्ट डिलर अवार्ड हालै आयोजित एक कार्यक्रममा ग्रहण गरेका छन् । अवार्ड ग्रहणपछि अध्यक्ष बतासले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा आइसरको बजारीकरण तथा प्रवर्द्धनमा अथक परिश्रम गरेका कारण अवार्ड पाउन सफल भएको बताएका छन् । अध्यक्ष बतासले नेपालको भौगोलिक अवस्था र कमजोर पूर्वाधारका कारण शक्तिशाली भेहिकलको आवश्यकता आइसरले पूरा गरेको बताए । उनले इष्टर्न एजेन्सिजको बृहत बिक्री सञ्जाल, बिक्रीपछिको सेवा, वित्तीय तथा प्राविधिक सहयोग एवं ग्राहकप्रतिको समर्पणका कारण आइसर ब्रान्ड नेपालमा लोकप्रियताको सिँढी चढिरहेको उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।