तस्बीरः एजेन्सी
टोकियो ओलम्पिकमा आयोजक जापानले स्केट बोर्डिङतर्फ आफ्नो प्रभुत्व कायम राखेको छ।
यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०.०९ अंक स्कोर गर्दै स्वर्ण जितेकी छिन्।
त्यसैगरी, १२ वर्षकी कोकोना हिराकीले ५९.०४ अंक स्कोर गर्दै रजत जितिन्। यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन्।
कास्य जितेकी बेलायतकी स्काई ब्राउनले पनि कीर्तिमान बनाइन्। १३ वर्ष २८ दिनमा पदक जितेर उनले ओलम्पिक पदक जित्ने कान्छी बेलायती खेलाडीको कीर्तिमान बनाएकी हुन्।
उनले ५६.४७ अंक स्कोर गरिन्। ‘यो अद्भूत छ। यथार्थ होइनजस्तो लागेको छ। म यहाँ आउन पाउँदा खुसी छु,’ ब्राउनले खेलेपछि भनेकी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







