अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिए


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन्।

सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन्।

मुलुकका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन्।

विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन्।

लडाकूको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिबारे प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ। अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका बीचमा झडप तथा भीडन्त हुने गरेको छ।

अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँका मृत्यु भएको छ भने लाखौँ मानिस पीडित र विस्थापित छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।