बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यू


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्विर

बाँदर लखेट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्यू भएको छ । बाँदरले मकै खाएर सखाप पारेपछि बाँदर लखेट्न गएका गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर २ केरौजाका ३७ वर्षिय काले गुरुङको भीरबाट लडेर मृत्यू भएको हो ।

प्रहरीका अनुसार हिजो विहीबार साँझ बाँदर कुर्न भनेर घर भन्दा केहि पर मकैबारीमा गएका उनलाई आज शुक्रबार विहानसम्मपनि नआएपछि खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा गुरुङलाई घर भन्दा २ किलोमिटर पूर्व खाम्चे खोलामा मृत अवस्थामा फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाँदर लखेट्दै जाने क्रममा भीरबाट चिप्लिएर अन्दाजी १५० मिटर तल खोलामा खस्दा उनको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक –एसएसपी) नरबहादुर केसीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

घट्नाको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।