तस्बीरः एजेन्सी
टोकियोमा जारी ओलम्पिकको महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ।
शुक्रबार टोकियोमा भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्यानडाले महिला फुटबलको स्वर्ण जितेको हो।
क्यानडाले ओलम्पिक महिला फुटबलको इतिहासमा पहिलो पटक स्वर्ण जितेको हो। यसअघि, सन् २०१२ र सन् २०१६ को ओलम्पिकमा क्यानडाले काँस्य पदक जितेको थियो।
यता, स्वीडेन भने लगातार दोस्रो पटक फाइनल पुगेर पनि स्वर्ण जित्न असफल बन्यो। सन् २०१६ को रियो ओलम्पिकमा स्वीडेन फाइनलमा जर्मनीसँग पराजित भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







