टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

युगान्डाका जोसुआ चेप्तेगीले टोकियो ओलम्पिकको एथलेटिक्स पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन्।

उनले १२ मिनेट ५८.१५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्।

उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ।

क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र काँस्य पदक जिते।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।