टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ सय मिटरमा मिलर–विबोले जितिन् स्वर्ण


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जापानमा जारी टोकियो ओलम्पिकमा बाहमसकी शाउनाए मिलर–विबोले एथलेटिक्स महिला ४ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्।

उनले ४८.३६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्।

डोमिनिसियन गणतन्त्रकी मारिलेइडी पाउलिनोले ४९.२० सेकेन्ड र अमेरिकाकी एलिसन फेलिक्सले ४९.४६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र काँस्य पदक जिते।

ओलम्पिकमा फेलिक्सको १० औँ पदक हो। उनी सबभन्दा धेरै पदक जित्ने महिला खेलाडी बनेकी छिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।