टोकियो ओलम्पिकः केन्याकी किपएगनले जितिन् एथलेटिक्स १५ सय मिटर दौडको स्वर्ण


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा केन्याकी फैथ किपएगनले एथलेटिक्स महिला १५ सय मिटर दौडमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्।

फैथ किपएगनले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान सहितको स्वर्ण पदक जितेकी हुन्।

रोमानियाकी पाउला इभानको नाममा ३ मिनेट ५३.९६ सेकेन्डको ओलम्पिक कीर्तिमान थियो।
उक्त स्पर्धामा बेलायतकी लाउरा मुइरले ३ मिनेट ५४.५० सेकेन्ड र नदरल्यान्ड्सकी सिफन हसनले ३ मिनेट ५५.८६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र काँस्य पदक जिते।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।