अष्ट्रेलियाविरूद्धको टी–ट्वान्टी सिरिजमा बंगलादेशको ऐतिहासिक जित


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अष्ट्रेलियाविरूद्धको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ।

ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो।

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार ३ खेल जित्दै सिरिज आफ्नो पक्षमा बनाएको हो। यसअघि, बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो। बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो। यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनैपनि फम्र्याटको सिरिज जितेको थिएन।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रनमा मात्रै समेटियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।