रोटरी क्लब लेकसाइडको छैटौं पदस्थापना


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको छैटौं पदस्थापनबाट वर्ष २०२१÷२२ अध्यक्ष हुमबहादुर आलेले पदभार ग्रहण गरेका छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटान जोन–१६ का असिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले उनलाई आगामी सन् २०२१÷२२ का शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् । यस्तै आइपिपि अर्जुनप्रसाद खनालले चार्टर सर्टिफिकेट तथा पिन प्रदान गर्दै सफलताको कामना गरे ।

प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्यक्रम उद्घाटन गर्दै रोटरीको सामाजिक कार्यको प्रशंसा गरे । उनले प्रदेशको विकास र समुन्नतिको लागि रोटरियनको साथ र सहयोग आवश्यक हुने बताए ।

असिस्टेन्ट गभर्नर पोखरेलले नेपालका रोटरीमध्ये रोटरी लेकसाइडको कार्यको उच्च मूल्यांकन गरिएको भन्दै अझ सफलताको कामना गरे ।

आइपिपि अर्जुनप्रसाद खनालले कोरोना महामारीको विषम परिस्थितिबीच आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । १ वर्षे कार्यकालमा भएका विविध गतिविधि प्रस्तुत गर्दै उनले सहयोगीलाई मायाको चिनो प्रदान गरे भने उत्कृष्टको सदस्यमा कृष्णबहादुर थापालाई सम्मान गरे ।

गभर्नरका स्पेसल प्रतिनिधि विनोद कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गरे ।

प्रमुख अतिथिको परिचय क्लब डाइरेक्टर कृष्णबहादुर थापाले दिएका थिए । क्लबले निर्माण गर्न लागेको किड्नी केयर सेन्टरका संयोजकसमेत रहेका थापाले सोको लागि आवश्यक गर्न सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण गराए ।

यस्तै, वर्ष २०२१÷२२ का अध्यक्ष हुमबहादुर आलेको परिचय क्लब मेन्टर राजेन्द्र लिगलले गराएका थिए ।

अध्यक्ष आलेले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गर्दै बोर्ड अफ डाइरेक्टरलाई पिन प्रदान गरेका थिए ।

सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरिएको थियो । स्मारिकामा क्लबको गतिविधि, पठनीय लेखरचना तथा सदस्य र तिनका परिवारका सदस्यको विस्तृत परिचय समेटिएको क्लब एडिटर सुभाष मल्लले बताए ।

कार्यक्रममा स्वागत पास्ट प्रेसिडेन्ट घराना थकाली, सञ्चालन सचिव राजन कुमाल र धन्यवाद ज्ञापन ऋषिराम सापकोटाले गरेका थिए । क्लबमा हाल ४८ सदस्य छन् ।

कार्यक्रममा क्लब सदस्यसमेत रहेका गण्डकी प्रदेशका न्यायाधिवक्ता रोहितराज बास्तोला, क्लब पदाधिकारी, सदस्य, विभिन्न क्लबका प्रतिनिधि लगायतको सहभागिता थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।