तस्बीरः एजेन्सी
जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ आजबाट सकिदैछ।
टोकियोमा एक विशेष समारोहकोबीच टोकियो ओलम्पिकको समापन गरिनेछ। टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
ओलम्पिकको समापन समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिनेछ। सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ।
टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिनसम्म आइपुग्दा ९२ राष्ट्रले स्वर्ण, रजत र कास्यमध्ये कुनै न कुनै पदक हात पारेका छन्।
स्वर्ण पदक भने हालसम्म ६५ राष्ट्रले मात्र जितेका छन्। हालसम्म ३२८ स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।
टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिन १३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार आज एथलेटिक्स, बास्केटबल, बक्सिङ, ह्याण्डबल, जिम्नास्टिक, ट्रयाक साइक्लिङ, भलिबल र वाटर पोलो खेलहरुमा प्रतिस्पर्धा हुनेछ।
चीनको अग्रता कायमै
टोकियोमा जारि ओलम्पिकको १५ औं दिनको खेल सकिदा ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन्।
कोरोना महामारीबीच २३ जुलाईमा सुरु भएको ओलम्पिकको अन्तिम दिनसम्म आइपुग्दा पदक तालिकामा चीन शीर्ष स्थानमा छ। शनिबारसम्म पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। चीनलाई अमेरिकाले पछ्याईरहेको छ।
चीनले ३८ स्वर्ण पदकसहित कुल ८७ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण पदकसहित कुल १०८ पदक जितेको छ। तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित कुल ५६ पदक जितेको छ।
रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित ६९ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन २० स्वर्णसहित कुल ६३ पदक जितेर पाँचौं स्थानमा रहेको छ। यस्तै, अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटाली, नेदरल्यान्ड्स र जर्मनीले समान १०/१० स्वर्ण जितेका छन्। फ्रान्सले ९ स्वर्ण जित्दा ब्राजिल र न्युजिल्याण्डले ७/७ स्वर्ण जितेका छन्।
क्यानडा, हंगेरी, दक्षिण कोरिया र क्युबाले ६÷६ स्वर्ण हात पारेका छन्। पोल्याण्ड, चेक रिपब्लिक, नर्वे र जमैकाले ४/४ स्वर्ण जितेका छन्। त्यस्तै, स्पेन, इरान, स्विडेन, केन्या, डेनमार्क, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण जितेका छन्।
जर्जिया, टर्की, इजरायल, उज्वेकिस्तान, बुल्गेरिया, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास, सर्बिया र युगान्डाले २÷२ स्वर्ण जितेका छन्। त्यस्तै, २३ राष्ट्रले १÷१ स्वर्ण पदक जितेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







