तस्बीरः एजेन्सी
जापानको राजधानी टोकियोमा सम्पन्न पुरुष भलिबलतर्फ फ्रान्सले स्वर्ण पदक जितेकोा छ।
फ्रान्सले रसियन ओलम्पिक कमिटीलाई पराजित गर्दै ओलम्पिक भलिबलमा पहिलो पटक स्वर्ण पदक जित्न सफल बनेको हो।
शनिवार सम्पन्न फाइनल खेलमा फ्रान्सले पहिलो २ सेटमा जित निकाल्दै २–० को अग्रता लिन सफल बनेको थियो। तर, बलियो टोली रसियन ओलम्पिक कमिटीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका २ सेटमा जित निकाल्न सफल बन्यो।
दुवै टोली २–२ को सेटमा रहेको अवस्थामा निर्णायक सेट भने फ्रान्सले जित्न सफल भयो। अन्तिम सेटमा फ्रान्सले रसियन ओलम्पिक कमिटीलाई १५–१२ को सेटमा पराजित गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







