लेस्टरले जित्यो कम्युनिटी शिल्डको उपाधि


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ।

वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो।

लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे। केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे। सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो।

लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो। सिटी भने सातौं पटक उपाधि जित्नबाट बन्चित बनेको छ। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्। लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।