पोखराका कांग्रेस, एमाले निकट २५ युवा वाइसिएलमा प्रवेश


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित




पोखराका केहि युवा कांग्रेस, एमाले छाडेर योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० का डेढ दर्जन युवा कांग्रेस, एमाले छाडेर नेकपा माओवादी निकट वाईसिएल नेपालमा प्रवेश गरेका हुन् । शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई वाईसिएल नेपालका सचिव विनय थापा, गण्डकी प्रदेश सहईञ्चार्ज राजकुमार दुलाल, नेकपा माओवादी केन्द्रका नेता दयाराम तिवारी, वाईसिएल कास्कीका संयोजक भोजराज पौडेललगायतले अवीर र खादा लगाएर संगठनमा प्रवेश गराएका थिए ।

भेलाले पोखरा महानगरपालिका वडा नम्बर २९ मा अशोक सुनारको अध्यक्षतामा २९ सदस्यीय वाईसिएल वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्ष द्वयमा सागर पौडेल र महादेव भट्टराई र सचिवमा सुजन बराललाई चयन गरेको छ ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३० मा योगेन्द्र विकको अध्यक्षतामा २३ सदस्यीय वाईसिएल वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्ष द्वयमा सन्देश ढकाल र राजेश गुरुङ तथा सचिवमा प्रविन वराज र सहसचिवमा राजन नेपाली चयन भएको वाईसिएल कास्कीका संयोजक भोजराज पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।