पोखरा । रिलायवल नेपाल लाईफ इस्योरेन्स लिमिटेड पोखराको अभिकर्ता सम्मान तथा उत्पे्ररण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रिलायवल नेपाल लाईफ इस्योरेन्स गण्डकी प्रदेशका प्रमुख सरोज अधिकारीले सम्पुर्ण एजेन्सीहरुलाई उत्प्रेरण तथा सम्मान गरे । उनले अहिलेको समयमा जीवन बिमा गर्नु आवश्यक भएको भन्दै मानिसहरुलाई आकर्षण गर्न जोड दिए ।
कार्यक्रममा एमडीआरटी मिन बहादुर गुरुङ्ख, सरु थापा , एजेन्सी मेनेजर धर्मदत्त पौडेल , गण्डकी प्रदेशका टप एजेन्सी नितु बाँनिया बस्नेत लगायतले व्यवसाय प्रवद्र्धन गर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा कास्की शाखाका प्रमुख सुर्य सुमन थापाले करोडपति क्लब स्तर , एजेन्सीहरुलाई फुल माला दोसल्ला तथा प्रमाण पत्रले सम्मान गर्दै शुभकामना तथा अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







