तस्बीरः एजेन्सी
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्कीआएको छ।
धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ। एक अधिकारीका अनुसार अलकायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो। एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो।
धम्कीबारे सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ। साथै आफ्नो स्टाफलाई अलर्टमा राखेको छ। जाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ पनि बढाइएको छ। यसअघि अप्रिल १८ मा दिल्ली विमानस्थलमा एक विमानलाई बमले उडाउने धम्की प्राप्त भएको थियो।
त्यतिबेला बैंग्लोरदेखि दिल्ली आउने विमान एक यात्रुले उक्त पर्चा भेटेका थिए। जसमा विमानमा बम भएको लेखिएको थियो। त्यस्तै, दिल्ली पुग्ने बित्तिकै विमानमा विस्फोट हुने उल्लेख थियो। विमान दिल्ली पुग्नेबित्तिकै बम डिस्पोजल स्क्वाडले जाँच गरेपनि बम फेला परेन। २० जुलाईदेखि राजधानीमा हाई अलर्ट जारी छ। जासुसी एजेन्सीहरुले १५ अगस्त अघि ड्रोनको माध्यमबाट आतंकवादी हमला हुन सक्ने बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







