तस्बीरः एजेन्सी
टोकियो ओलम्पिक २०२० समापन गरिएको छ।
३ वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित ओलम्पिक आइतबार सफलतापूर्वक समापन गरिएको हो।
कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करण जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमकाबीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो
कोरोना महामारीको बावजुद पनि आयोजक जापानले विश्व खेलकुदको कुम्भमेलालाई राम्रोसँग आयोजना गर्न सफल बन्यो।
यस पटक ओलम्पिकमा कूल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि शरणार्थी टिमसहित विश्वभरका २०५ देशका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे। नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे। टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए।
टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहन पुग्यो। अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक जित्दै शीर्षस्थानमा रह्यो। यस्तै, ओलम्पिकको सुरुदेखि अन्तिम दिनसम्म पनि शीर्षस्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जित्दै दोस्रो बन्यो। आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्दै तेस्रो बन्यो।
यसैगरी पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अस्टेलिया १७ स्वर्ण, ७ रजत र २२ कास्यका साथ छैटौँ, नेदरल्याण्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे ।
दक्षिण एशियाली मुलुकमध्ये भारतले १ स्वर्ण, २ रजत तथा ४ वटा कास्य पदक जित्यो। दक्षिण एशियाका अन्य कुनैपनि देशले पदक जित्न सकेनन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







