राधाकृष्ण वृृद्धाश्रमको परिसरमा सिद्धार्थ क्लबद्वारा वृक्षारोपण


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७८ मा प्रकाशित




पोखरा । सिद्धार्थ क्लब पोखराले पोखरा ३२ स्थित राधाकृष्ण वृृद्धाश्रमको परिसरमा क्लबका अध्यक्ष श्री पार्वती माकाजूको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष पार्वती माकाजूले मन्दिर परिसरमा रोपण गरिएका फलफुल तथा आयमुलक विरुवाहरुबाट निकट भविष्यमा वृृद्धाश्रमले आय आर्जन गर्न सक्ने र सो आयबाट आश्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै संस्थाले वृक्षहरुको संरक्षणमा विभिन्न कार्यक्रमहरु गरिरहने प्रतिवद्धता व्यक्त गरिन् ।

यसै गरि राधाकृष्ण वृृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले क्लबका गतिविधिहरुको प्रशंसा गर्दै विरुवाहरुको संरक्षणमा समितिको पनि दायित्व रहेको भनाइ राख्दै आश्रममा विभिन्न गतिविधिहरुमा क्लबको हातेमालोको अपेक्षा राखे ।

कार्यक्रममा आश्रम परिसरमा आँप, मेवा, अम्बा, कटहर, एभोकाडो, लिची, कागति, खयेर लगायतका ८० फलफुल तथा बृक्षहरु बृक्षारोपन गरिएको थियो ।

साथै, आश्रममा आश्रित वृृद्ध बुबा आमा तथा गुरुकुलका बटुकहरुलाई दिवा खाजा (विस्कुट र जुस)को व्यवस्था गरिएको थियो । क्लबका कार्यसमिति सदस्य एवं पूर्वअध्यक्षहरु तथा आश्रमका सदस्य तथा बटुकहरु उपस्थित रहेको कार्यक्रम सचिव इन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।