बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ।

इटालियन क्लब युभेन्टसमाथि ३–० को सहज जित निकाल्दै बार्सिलोनाले उपाधि हात पारेको हो।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे। जितमा बार्सिलोनाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल गरेको थियो।

खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। ५७ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। ९० औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जितसहित च्याम्पियन बनाए। रिकी पुच ७१ औं मिनेटमा सर्जि रोबर्टोको स्थानमा मैदान प्रवेश गरेका थिए।

एक पटकको च्याम्पियन युभेन्टसले १६ वर्षपछि जोन ग्याम्पर कप खेलेपनि उपाधि जित्न सकेन। युभेन्टसले पछिल्लोपटक २००५ मा यस ट्रफीमा खेलेको थियो। क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो। बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कपको आयोजना गर्दै आएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।