कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित




सांङ्केतिक तस्विर

कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षिय श्रीमान श्रीराम कामीको कुटपीटबाट उनकी ५५ वर्षिया श्रीमती श्रीमाया कामीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका श्रीरामले श्रीमती श्रीमायालाई सिलौटाको लोहोरोले टाउकोमा कुटपीट गरेका थिए । कुटपीटबाट घाईते भएका श्रीमायाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले बताएको छ ।

मृतकलाई कुटपीट गर्ने उनका श्रीमान श्रीरामलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जारी गरेको सूचनामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।