जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाई दिन्छु भन्दै ठगी गर्ने सराङकोटका त्रिपाठी पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित




जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाई दिन्छु भन्दै रकम लिने एक जना फरार प्रतिवादी पोखराबाट पक्राउ परेका छन् । प्रहरी, वकील र अदालतसँग सेटिङ भएकाले जबरजस्ती करणी मुद्धा मिलाई दिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका ४९ वर्षिय भोजराज त्रिपाठीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

करणी गरेको अभियोगमा पक्राउ परेकालाई एक करोड दिए केस मिलाई दिन्छु भनी पीडकबाट १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गर्ने सूर्यलाल खड्का र कमन भन्ने कमानबादुर तामाङलाई पक्राउ गरिएपनि सोहि केसमा संलग्न त्रिपाठी फरार रहेका थिए । त्रिपाठीलाई आज पक्राउ गरी कास्की जिल्ला अदालतमा हाजिर गराईएको कास्की प्रहरीले जनाएको छ । निजलाई ठगी र जबरजस्ती करणी कसुरमा मिलापत्र गर्न गराउन नहुने मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।