तस्बीरः एजेन्सी
समान पेन्सन सुविधा, बेलायती गोर्खा सेनाको पुरानै माग हो।
यसका लागि बेलायतमा पटक–पटक आन्दोलन भइसकेका छन्।
यही मागको सम्बोधनका लागि हाल अवकाशप्राप्त ३ सेना भोक हड्तालमा छन्। समान पेन्सन उपलब्ध गराउने विषयमा बेलायती सरकार असफल भएको भन्दै उनीहरू ५ दिनयता डाउनिङ स्ट्रिट (कमनवेल्थ विदेश मन्त्रालय अगाडि) मा भोक हड्तालमा छन्।
भोक हड्तालमा सहभागी ३ पूर्व सैनिकलाई बेलायती विपक्षी पार्टी लेबरले समर्थन गरेको छ। बेलायती सरकारले गोर्खाहरूको माग तुरुन्त सम्बोधन गर्नुपर्ने लेबर पार्टीको भनाई छ। यस विषयमा लेबरका छाँया रक्षामन्त्री स्टेफन मोर्गानले बेलायती सरकारका रक्षामन्त्री बेन वालसलाई पत्र पनि लेख्ने भएका छन्।
हाल भइरहेको भोक हड्तालमा पनि आफ्नो समर्थन रहेको उनको भनाई छ। सन् १९९७ पहिले अवकाश पाएका बेलायती गोर्खा सैनिकले बेलायती नागरिकको भन्दा एक तिहाई कम पेन्सन पाउँदै आएका छन्। स्काई न्यूज
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







