तस्बीरः पीएसजी सपोर्टर फ्रान्स डट कमबाट
लियोनल मेस्सीले पीएसजीको तर्फबाट फेरि एकपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने सपना बुनेका छन्।
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) मा आवद्ध भएका मेस्सीले एकपटक फेरि युरोपियन च्याम्पियन बन्ने सपना रहेको र योपटक पीएसजीबाट त्यो चाहना पूरा गर्ने चाहना बताएका हुन्।
‘मेरो लक्ष्य र सपना भनेको फेरि एकपटक च्याम्पियन्स लिग जित्नु हो,’ अनुबन्धनको औपचारिक घोषणा समारोहमा बुधबार मेस्सीले भने, ‘मलाई लाग्छ च्याम्पियन्स लिग जित्ने टिम हामीसँग यहाँ (पीएसजी) छ।’
३४ वर्षका मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। उनले पछिल्लोपटक सन् २०१५ मा उपाधि जितेका थिए।
तर, पीएसजीले भने अझैसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। सन् २०२० मा पीएसजी फाइनलमा बार्यन म्युनिखसँग स्तब्ध बनेको थियो।
१३ वर्षको हुँदा आवद्ध भएको बार्सिलोना २१ वर्षपछि छोडेका मेस्सी अब पीएसजीका खेलाडी बनेका छन्। पीएसजीबाट खेल्दा मेस्सीले अब ३० नम्बरको जर्सी लगाउने छन्। ६ पटक ‘बालोन डी ओर’ जितेका मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन्। मेस्सीले नओक्याम्पमा रहँदा बार्सिलोनालाई ३५ ट्रफी समेत जिताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







