पोखरा । पोखरा लेडी जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिहिबार बाल सुधार गृहमा पौष्टिक तत्व वितरण गरेको छ । साथै युवा हरुलाई लक्षित गरी मनोपरामर्श तथा अभिमुखिकरण तालिम समेत प्रदान गरेको छ । काँधमा जिम्मेबारी, हृदयमा इमान्दारी र सकारात्मक सोचको विकास गर्न सकियोस् भन्ने सोचका साथ आयोजना गरिएको तालिम डा. प्रेमनाथ भट्टराईको प्रमूख प्रशिक्षत्वमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १८ का वडाप्रमुख रणवहादुर थापा रहेका थिए भने अतिथिहरुमा पोखरा लेडी जेसीज वर्ष २०१९ की अध्यक्ष जेसी सपना गिरी, जी फ्लायर कम्पनीका संचालक दिनेश महर्जन, बालसुधार गृहका इन्चार्ज रमा शर्मा रहेका थिए । कार्यक्रमको अध्यक्षता जेसी प्रमिला सुवेदीले गरेकी थिइन् । कार्यक्रमलाई सम्पन्न गर्न सहकार्य गर्ने वडा नं. १८ र कोपिला नेपाल लगायतका सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरेको आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







