नेविसंघ पृथ्वीनारायण क्याम्पसको भेलाबाट सभापतिमा गौरब बराल चयन


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको भेलाबाट गौरब बराल मुल इकाई कार्यसमितिको सभापतिमा चयन भएका छन् । सभापति दीपक शर्मा वाग्लेले कार्यवहाक सभापतिको जिम्मेबारी सतीश बास्तोलालाई प्रदान गरेपछि असन्तुष्ट विद्यार्थीहरुको भेलाले बुधबार बरालको अध्यक्षतामा १७३ सदस्यीय नयाँ कार्यसमिति बनाएको हो ।

कार्यसमितिको उपसभापतिमा सौरभ चापागाईं र सरु पौडेल, सचिवमा राज आचार्य, कोषाध्यक्षमा सुजि हिताङ्ग, सह–सचिवमा मोहमद अमर अलि चयन भएका छन् । साथै, भेलाले नेविसंघ पृथ्वीनारायण क्याम्पस प्रजातान्त्रिक अध्ययन विभागको संयोजकको जिम्मेवारी स्वरुप बन्जाडेलाई प्रदान गरेको उपसभापति सौरभ चापागाईंले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।