चौथो लहर आएको दक्षिण कोरियामा कोरोना संक्रमित बढ्दै


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ।

त्यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा समेत बढ्दै गएको देखिएको छ।

कोरोना भाइरसको चौथो वेभ आएको भनिएको त्यहाँ शुक्रबार १ हजार ९ सय ९० जनामा कोरोनाको थप संक्रमण भएको बताइएको छ।

त्यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु १ हजार ९ सय ९० जना थपिएका बताइएको छ। योसँगै त्यहाँका संक्रमितहरुको संख्या २ लाख २० हजारजना भन्दा बढीमा पुगेको बताइएको छ। त्यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि १ हजार ६ सय जनामा संक्रमण देखिने गरेको छ।

बुधबार रातिसम्म त्यहाँ १ हजार ९ सय ८७ जना संक्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो। त्यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा संक्रमण पाइएको पनि समाचारहरुमा जनाइएको छ।

त्यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए। दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो।

तर, प्राप्त समाचारहरुमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ। दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। त्यहाँ मृत्युदर भने कम रहेको छ। त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ हजार १ सय ४४ जनाको ज्यान गएको छ।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।