स्पेनिस ला लिगा पनि सुरु, भ्यालेन्सियाको विजयी सुरुवात


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

यस सिजनको स्पेनिस ला लिगा पनि आज (शनिबार) बिहानदेखि सुरु भएको छ।

स्पेनिस ला लिगाको उद्घाटन खेलमा भ्यालेन्सियाले आफ्नो विजयी सुरुवात गरेको छ।

घरेलु मैदानमा आज बिहान भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो।

भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।

ह्युगो गुइलामोन रातो कार्ड पाएर बाहिरिएपछि भ्यालेन्सिया सुरुवातदेखि नै १० खेलाडीमा समेटिएको थियो। त्यस्तै, खेलको ७६ औं मिनेटमा गेटाफेका इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए।

ला लिगामा आज बेलुकी ४ खेल हुँदैछन्। आज मालोर्का र रियल बेटिस, काडिज र लेभान्टे, एलाभेस र रियल मड्रिड, ओसासुना र इस्पान्योल खेल्दैछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।