गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका वन, वातारण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना संक्रमण भएको हो ।
संक्रमित दुबै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेको जनाइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रीका सचिवालयहरुले जनाएका छन् ।
पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागि भएर फर्किएपछि उनीहरुलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको सचिवालय सदस्यहरुको भनाई छ । परिवार र सचिवालयका अन्य सदस्यहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







