लिबियाबाट बच्चासहित ८४ नाजेरियाली कैदी मुक्त


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरीयाली कैदीलाई रिहा गरिएको छ।

न्याय मन्त्रालयले दिएको जानकारीअनुसार ती कैदीलाई उनीहरुका बच्चासहित रिहा गरिएको हो।

रिहा भएका ती कैदीलाई उनीहरुकै देश नाइजेरीया फिर्ता पठाएको अधिकारीले जनाएका छन्। अदालतको आदेशबाट रिहा भएका यी सबैलाई लिबियाबाट निकालिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

सबै कानूनी प्रक्रिया पछ्याउने जिम्मा पाएका टोलीले नै उनीहरुलाई देश निकाला गरेको जनाइएको छ। अवैध आप्रवासी वा आपराधिक रूपमा दोषी ठहरिएका सवैलाई उनीहरुकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन्। दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरुलाई आफ्नै देश फिर्ता पठाइएको हो।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।