इङ्लिस प्रिमियर लिगः लिभरपुलको सुखद सुरुवात


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ।

शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो।

नर्विचको मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले १÷१ गोल गरे।

खेलको २६ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दा लिभरपुल २–० ले अघि बढ्यो।

त्यसपछि खेलको ७४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए। पहिलो खेलको जितसँगै लिभरपुलले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।