जर्मन बुन्डेसलिगाः हालान्ड चम्किदा डर्टमण्डको जित


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

एर्लिङ हालान्ड चम्किदा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा विजयी सुरुवात गरेको छ।

शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो।

डर्टमण्डको जितमा एर्लिङ हालाण्डले २ गोल गरे। यस्तै मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले १÷१ गोल गरे।

फ्रान्कफर्टका जेन्स पिटरले १ गोल फर्काए भने फेलिक्सले आत्मघाती गोल गरे। जितसँगै डर्टमण्डले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। फ्रान्कफर्टले भने हारबाट सिजनको सुरुवात गरेको छ।

अन्य खेलमा अर्मेनिया बिलेफिल्डविरुद्ध फ्रेइवर्गले गोलरहित बराबरी खेलेको छ। त्यस्तै,
होफेनहाइनले अग्सवर्गविरुद्धमाथि ४–० को जित निकालेकोा छ। त्यसैगरि, युनियन बर्लिन र बायर लिभरकुसनले १–१ को बराबरी नतिजा निकालेको छ। भीएफबी स्टुटगार्टले ग्रिउथर फर्थमाथि ५–१ फराकिलो जित निकालेकोा छ। वल्फ्सवर्गले बोचुममाथि १–० को जित निकालेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।