पोखरा । गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौति गरिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमालेले वर्तमान कांग्रेस माओवादी लगायतको गठबन्धन सरकारले प्रतिशोध र पुर्वाग्रह राखेर तत्कालीन आफू नेतृत्वको सरकारले अघि सारेका विकास आयोजना कटौति गरेको भन्दै आपत्ति जनाएको हो ।
पूर्व मुख्यमन्त्री तथा एमाले गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर लिखित ध्यानाकर्षण बुझाएका छन् । उनीहरुले सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको पनि आरोप लगाएका छन् ।
गण्डकीको समग्र विकासमा योगदान दिने योजनामा बजेट कटौति गरेर कार्यकर्तामुखी र टोलस्तरीय खुद्रा कार्यक्रममा बजेट विनियोजन गरिएको भन्दै एमालेले ध्यानाकर्षण भएको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







