मनाङ । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले मनाङ जिल्लामा धेरै भौतिक क्षति भएको छ । मनाङका अधिकांश बस्ती विस्थापित भएका छन् । बाढीपहिराका कारण प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएको छ ।
बाढीपहिराले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीको भवन बगाएपछि पूर्णरुपमा सो चौकी विस्थापित भएको छ । बाढीपहिराले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरीचौकी धारापानीका इञ्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिए ।
जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उनले बताए । साथै भवनमा रहेका अन्न, खाद्यान्नलगायतका विभिन्न सामग्री भने जोगाउन नसकिएको उनी बताउँछन् । अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।
मस्र्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पु¥याएको छ । केही कार्यालय भौतिक संरचनामा क्षति पुगेपछि विस्थापित भएका थिए । लमजुङ बेँसीशहर–चामे सडक पूर्ण रुपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







