पोखरामा कार दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । आइतबार पोखरामा कार दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा –१८ मेथलाङस्थित कच्ची सडक खण्डमा ग १ च ७२३४ नम्वरको कार अनियन्त्री भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कार चालक नवलपरासी घर भई पोखराको न्यूरोड बस्दै आएका ४४ वर्षिय बद्री बहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य दुई जनाको मध्यम अवस्थामा उपचार भइरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।