तस्बीरः एजेन्सी
जर्मनीका महान् फुटबलर गर्ड मुलरको निधन भएको छ।
मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।
उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए। विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस्विरुद्ध निर्णायक गोल गरेका थिए।
सन् १९७० को दशकमा जर्मनीको सफलतामा उनी निर्णायक खेलाडी थिए। फिफा विश्वकपमा उनको नाममा १४ गोल रहेका छन्। उनी यूरो ७२ मा सर्वाधिक गोलकर्ता थिए र फाइनलमा २ गोल गर्दै जर्मनीलाई उपाधी दिलाएका थिए। फाईनलमा जर्मनीले सोभियत संघलाई ३–० ले पराजित गरेको थियो।
आफ्नो जमाना जर्मनीका गोल मेसिन कहलिएका मुलरले बायर्न म्युनिखका लागि ६ सय ७ खेलमा ५ सय ६६ गोल गरेका थिए। त्यस्तै, बुन्डेसलिगामा कीर्तिमानी ३ सय ६५ गोल गरेका थिए। मुलरले राष्ट्रिय टिमका लागि ६२ खेलमा ६८ गोल गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







