:jf:Yo ;fdu|L x:tfGt/0f kf]v/f, #@ ;fpg M :jf:Yo ;fdu|L x:tfGt/0f ub}{ kf]v/f ko{6g kl/ifbsf] 6f]nL . kf]v/f dxfgu/kflnsf;Fu elugL ;DaGw ePsf] rLgsf] gflgª zx/n] kf]v/f dxfgu/nfO{ ? @) nfv a/fa/sf] :jf:y ;fdu|L k|bfg u/]sf] 5 . kf]v/f ko{6g kl/ifb / rfOgf cf]e/l;hsf] ;dGjodf pQm ;fdu|L ;f]daf/ dxfgu/ kl/;/df kl/ifbsf cWoIf uf]kL e§/fO{n] pkd]o/ d~h'b]jL u'?ªnfO{ x:tfGt/0f ug{'ePsf] xf] . t:jL/ M /flwsf sF8]n÷/f;;
काठमाडौं । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।
उपप्रमुख गुरुङले महानगरपालिकाले १३ अन्तर्राष्ट्रिय सम्बन्धमध्ये नौ चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । विसं २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको जनाउँदै उनले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले नानिङ शहरका प्रमुखलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज भएपछि पोखरा भम्रणको आमन्त्रण गरिने बताइन् । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै उनले प्राप्त सामग्रीलाई आवश्यकताका आधारमा अस्पताललाई वितरण गर्ने जानकारी दिइन् ।
परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमूना शहर भएको जनाउँदै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत पाँच अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार थान, पिपिइ सेट ५०० थान, मेडिकल पञ्जा पाँच हजार प्राप्त भएको छ ।
रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनी सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चाइना ओभरसिज एशोसियशनका अध्यक्ष चाङ र सचिव साङसावो (सन्देश), महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







