पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अध्यावधिक विवरण अनुसार संक्रमणबाट कास्कीका ६ जना, स्याङ्जाका २, तनहुँ र नवलपुरका १÷१ जना छन् ।
सोही अवधीमा प्रदेशका ६५६ जना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका १ हजार ३ सय जनामा परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा ६१६ जना संक्रमणमुक्त भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







