साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ।

अक्टोबर १ बाट सुरु हुने प्रतियोगिताको पहिलो दिन नै श्रीलंका र बंगलादेशले पनि आपसमा प्रतिस्पर्धा गर्नेछन्।

माल्दिभ्सको राजधानी मालेमा हुने प्रतियोगितामा दक्षिण एसियाली फुटबल महासंघ (साफ)सँग आबद्ध टिममध्ये भुटान र पाकिस्तानले खेल्ने छैन।

लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ। अक्टोबर ३ मा श्रीलंकासँग भिडेपछि तेस्रो खेलमा नेपालले भारतसँग खेल्नेछ। अक्टोबर १० मा नेपालले बंगलादेशसँग खेल्नेछ।

लिग चरण समाप्तिसँगै अंक तालिकामा शीर्ष २ मा रहने टिम दक्षिण एसियाली फुटबलको उपाधिका लागि भिड्नेछन्। सो फाइनल खेल मालेको राष्ट्रिय रंगशालामा हुनेछ।

साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम हाल पोखरामा छ। बन्द प्रशिक्षणमा रहेको टिममा हाल २८ जना खेलाडी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।