तस्बीरः एएफपी
बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ।
सुपर कपको फाइनलमा बायर्नले बोरुसिया डर्टमुण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने थोमस मुलरले १ गोल गरे। त्यस्तै, डर्टमुण्डका लागि १ गोल मार्को रेअसले गरे।
जर्मनीको बुण्डेसलिगा र डीएफबी पोकलको विजेताबीच हुने यस डीएफएल सुपर कपमा बायर्नले डर्टमुण्डलाई लगातार तेस्रो पटक सुपर कपमा पराजित गरेको हो। बायर्नले सुपर कपको उपाधि भने योसहित ९ पटक जितेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







