सांसद मीना गुरुङ १३ दिनमै कोरोना संक्रमण मुक्त


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सभा सदस्य –प्रदेश सांसद) मीना गुरुङ कोरोना संक्रमण मुक्त भएकी छन् । केहि दिनअघी मात्र कोरोना संक्रमण भएर स्वास्थ्य लाभ गरिरहेकी सांसद गुरुङ छोटो अवधीमै संक्रमण मुक्त भएकी हुन् ।

सांसद गुरुङले शुक्रबार अपराह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू संक्रमण मुक्त भएको उल्लेख गरेकी छन् । उनले आफू तेह्रौं दिनमा संक्रमण मुक्त भएको बताएकी छन् ।

कोभिसिल्ड खोपको दुबै डोज लगाएकी उनलाई ज्वरो आउने, टाउको दुख्ने, गन्ध हराउने र जिब्रोले स्वाद नपाउनेलगायतका लक्षणहरु देखिएको थियो । मध्यम रुपमा आफूलाई च्यापेपनि अस्पताल नै जानुपर्ने गरी जटिल अवस्था नभएको एभरेस्ट आवाजलाई बताईन् ।

सांसद गुरुङले रोग लाग्न दिनुभन्दा रोग लाग्नु भन्दा पहिले नै रोकथामका उपाय अप्नाउनुपर्ने भन्दै प्रदेशबासी सम्पूर्णमा सतर्कताका लागि मास्क, सेनिटाइजर प्रयोग गर्नुका साथै भौतिक दुरी कायम राख्न आग्रह गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।