कागजात सहितको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्त्रण


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०७८ मा प्रकाशित




पोखरा । हराएको महत्वपूर्ण कागजात सहितको झोला सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिएको छ । तीन साता पहिले पोखराको पृथ्वीचोकमा फेला परेको झोला शुक्रबार सम्बन्धीत व्यक्तिलाई हस्तान्त्रण गरिएको हो ।

एभरेस्ट एफएमले तनहुँ स्थायी ठेगना भई पोखराको भण्डारढिक बस्दै आएकी प्रतिमा सापकोटालाई उनको सामाग्री हस्तान्त्रण गरेको हो ।

कक्षा ११ को परीक्षा सकेर घर फर्कने क्रममा बसबाट सामान झार्ने क्रममा पृथ्वीचोकमा उनले छुटाएको महत्वपूर्ण कागजपत्र सहितको झोला फेला पारेपछि भिन्तुना युवा क्लवले एभरेस्ट एफएमको कार्यालयमा बुझाएको थियो । उक्त झोला झण्डै तीन सातापछि एमएमका निर्देशक दिपेन्द्र श्रेष्ठले हस्तान्त्रण गरका हुन् ।

क्लवले भेट्टाएको सो झोला एमएम मार्फत सम्बन्धित व्यक्तिलाई हस्तान्त्रणका लागि बुझाएको थियो ।


लेकनाथस्थित जनप्रकाश माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत उनले आफ्नो आवश्यक शैक्षिक प्रमाणपत्र सहितका महत्वपूर्ण कागजात भेट्टाउँदा निकै खुःशी लागेको प्रतिक्रिया दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।