नेवार समुदायले मनाउने गाईजात्रामा प्रशासनद्वारा जारी स्वास्थ्य निर्देशनको पालना गर्दै मनाउन नेवा : देय् दवु कास्कीले आग्रह गरेको छ।
दबुले एक विज्ञप्ती जारी गर्दै कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्र्दै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सीमित परिवारजनमात्रै सहभागी भएर गाईजात्रा निकाल्न आग्रह गरेको हो।
दबुले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटी पर्वको बारेमा जानकारी गराएको संस्थाका अध्यक्ष अष्टमान प्रधानङ्गले जानकारी दिएका छन्। प्रशासनले स्वास्थ्य मापदण्डको पालना गरेर भिडभाड नहुने तरिकाले गाईजात्राका लागि अनुमति दिएको भन्दै त्यसको पालना गर्न र पर्वको तयारीलाई अगाडी बढाउन अनुरोध गरेका छन्।
संस्थाका अध्यक्ष प्रधानङ्ग र महासचिव दिपु भारीद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा प्रशासनले परम्परा मान्ने क्रममा वाद्यवादन नवजाई भिडभाड नगरि परिवारका सदस्यमात्रै सम्मिलित भएर परम्परा धान्ने कार्यमा कुनै अवरोध नगर्ने निर्देशन भएको छ। ‘त्यसैअनुसार निर्देशनको पालना गर्नका लागि अनुरोध छ,’ भनिएको छ।
दबुका अध्यक्ष प्रधाङ्ग महासचिव भारी, कार्यसमिति सुनिल उलक, किरण तमारीलगायतको टोलीले यही भदौ ७ गते परेको गाईजात्रामा कुनै अवरोध नगर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ध्यानाकर्षण पत्र बुझाएको थियो।
नेवार समुदायले गाईजात्रा पर्वको अवसरमा आफ्ना घरका सदस्यहरुको मृत्यु हुँदा मृत आत्माहरुको शान्तिको कामना गर्दै निकाल्ने गरिन्छ। मृतआत्माको स्वर्गवासको कामना गर्दै आफू बसेको घर तथा स्थानबाट गाई निकाली आफू बसेको टोल क्षेत्रमा रहेको श्रीगणेश, श्रीभीमसेन मन्दिरको परिक्रमा गरेर मूलढोकामा पूजा गरेमा मृत व्यक्तिलाई वैतरणी नदी तार्ने नेवारी समुदायको परम्परा छ। त्यस दिन यमराजले स्वर्गको ढोकाबाट प्रवेश दिई स्वर्गको कामना गर्न पाउने विश्वास छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







