प्रदेश प्रमुख गुरुङद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाको अवसरमा सम्पुर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दे उनले हरेक वर्ष श्रावण शुक्ल पुर्णिमाका दिन मनाइने पर्वले सम्पुर्ण प्रदेशबासी सबै दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस भन्ने कामना सहित शुभकामना व्यक्त गरेका हुन् ।

विभिन्न समुदायले खुशीयाली स्वरुप उत्साह र उमंगका साथ मनाउने रक्षाबन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको छ भन्दै प्रदेश प्रमुख गुरुङले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यसको ठूलो महिमा रहेको बताए ।


प्रदेश प्रमुख गुरुङ्गले नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्भावलाई प्रगाढ बनाएको हुदा यस्ता चाड पर्वले समुदायवीच सद्भाव कायम राख्दै साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकिकृत र मजबुद बनाएको शुभकामना सन्देशमा भनिएको छ ।


उनले कोरोना महामारिले विश्वनै प्रभावित भइरहेका बेला सबैले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्न पनि आग्रह गरेका छन् ।
सबै नागरीकको इमान्दार प्रयासले मात्र कोरोनालाइ जित्न सकिने उहाको भनाई रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।