पोखरा । पोखरा लेडी जेसीजद्वारा आयोजित जेसीज सप्ताहको तेस्रो दिन आइतबार पोखरा स्वास्थ्य प्रतिष्ठानमा बिरामी कुरुवाका लागि आवश्यक सामग्री बितरण कार्यक्रम गरेको छ ।
कार्यक्रमको बरिष्ठ चिकित्सक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष डा.भरत खत्रीले उद्घाटन गरे ।
कार्यक्रममा समाज सेवी भानु ढकाल , नेपाल स्वास्थ्य कर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष नारायण बराल पोखरा लेडी जेसीज का पुर्व अध्यक्ष ज्यू हरु जेसी गिता सिग्देल,जेसी सन्तु पौडेल एबम जेसी सपना गिरी लगायतले बोलेको कार्यक्रम संयोजक बिनिता सुबेदीले जानकारी दिइन् ।
कार्यक्रमका मुल संयोजक तथा पोखरा लेडी जेसीजका का. का. उपाध्यक्ष जेसी लक्ष्मी कुँवर ज्यूले सातै दिनको कार्यक्रम को बारेमा प्रकाश परेकी थिइन् ।
कार्यक्रम पोखरा लेडी जेसीज बर्ष २०२१ का अध्यक्ष कमला शर्माको अध्यक्षता तथा सञ्चालन सचिव सुमित्रा कोइरालाले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







