पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी हितराज पाण्डेले पाएका छन् ।
आज सम्पन्न स्थायी कमिठीको बैठकले पाण्डेलाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।
पाण्डे यसअघि प्रदेश संयोजक थिए । यस्तै बैठकले प्रदेश नं १ बाहेक छ वटा प्रदेशमा इन्चार्ज तोकेको छ ।
यसैगरी प्रदेश नं २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, लुम्बिनीमा चक्रपाणी खनाल,कर्णाली प्रदेशमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खगराज भट्टले पाएका छन् ।
दुई दिनसम्म बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय गरे अनुसार चयन गरिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ ।
राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको जानकारी दिँदै श्रेष्ठले भने,‘राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको छ, । त्यसलाई छिट्टै तल पठाउँछौं र त्यही आधारमा अधिवेशन हुनेछन् ।’
बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत् रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य…







