पोखरामा गाडीको ठक्करबाट मो.सा.चालकको मृत्यू


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित




पोखरामा गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ नागढुंगास्थित सडकमा ग.१य.११७१ नम्बरको गाडीले ग.२०प. ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा पोखरा १७ विरौटाका २९ वर्षिय कृष्ण देवकोटाको मृत्यू भएको हो ।

सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाईते भएका देवकोटालाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगेपनि उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ ।

ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।