पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन आश्विन ३ गते हुने भएको छ ।
मञ्चको मंगालबार सम्पन्न बैठकले आश्विन ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिती तथा विधान संसोधन समिती समेत गठन गरेको छ ।
बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवम मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, मञ्चका द्वितिय उपाध्यक्ष तथा प्रखेप गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, मञ्चका आजिवन सदस्य तथा सहारा युकेका वरिष्ठ सल्लाहाकार महेश गुरुङ लगायतको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







