पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन जना स्याङ्जाका र एक जना कास्कीका रहेका स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–८ का ७२ वर्षीया वृद्धा, भिरकोट नगरपालिका–३ का ७५ वर्षीया वृद्धा र आँधीखोला गाउँपालिका–५ का ५९ वर्षीया महिला छन् ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







